फ्रान्स सरकारद्वारा ७ टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग, तस्बिरमा हेर्नुहोस्
फ्रान्स सरकारले कोरोना महामारीविरुद्ध लड्न ७ टन बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको छ । नेपाल सरकारले गरेको सहायताको अपिल अनुसार फ्रान्सको सरकारले मास्क, एन्टिजेन किट, भेन्टिलेटर र भाइजरहरु सहयोग गरेको हो ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रांकोइस ह्याभिर लेगरले एक समारोहबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै लेगरले कोरोना महामारीविरुद्ध नेपालको लडाइँमा फ्रान्स सधैँ साथमा रहेको बताए । यो महामारीविरुद्ध वैश्विक सहकार्य आवश्यक रहेको बताउँदै फ्रान्सहित युरोपियन युनियनका अन्य सदस्य राष्ट्रहरु नेपाल र नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

स्वास्थ्य सामग्रीसहित एयरबस ए३५० विमान आज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसमा ५ लाख ४ हजार एपएफपी२ मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट किट, १२ हजार प्रोटेक्सन ग्लास, ९ वटा ओसिरिस रेस्पिेटर र ५ वटा सिरियस ५० रेस्पिरेटरहरु रहेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण