हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाकी ६८ वर्षकी महिलाको मंगलबार दिउँसो करिब १ बजे र हेटौंडा–२ की ५२ वर्षकी महिलाको बुधबार बिहान ६ बजे मृत्यु भएको हो । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
यससँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत ६६ जनाको मृत्यु भइसकेको छ । जसमध्ये २४ जना महिला रहेका छन् भने ४२ जना पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण
-
रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो
-
उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन