हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाकी ६८ वर्षकी महिलाको मंगलबार दिउँसो करिब १ बजे र हेटौंडा–२ की ५२ वर्षकी महिलाको बुधबार बिहान ६ बजे मृत्यु भएको हो । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
यससँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत ६६ जनाको मृत्यु भइसकेको छ । जसमध्ये २४ जना महिला रहेका छन् भने ४२ जना पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण