तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन
तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर ल्याएका हुन् । जीएनको निधन बिहीबार बिहानै भएको हो । उनमा उमेरसँगै आउने समस्याहरु थियो । उनको अन्तिम संस्कार आजै चेन्नइमा हुनेछ । जीएनआर कुमारावेलनले बुबाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्– ‘मेरो बुबा, मेरो प्रेम आज बिहान ८: ४५ मा बित्नुभयो ।’
निर्देशकको निधनप्रति फिल्म उद्योगका स्टारलगायत थुप्रैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । जीएन रंगराजनले कमल हासनका साथ कयौं फिल्म गरेका छन् । महारसन, कल्यानारमन, एलम इनबामयम, कादल मीनगल, मुथु एनगल सोथु, पल्लबी मीनदम पल्लवी, अदुथातु अल्बर्टलगायत थुप्रै हिट छन् । कमल हासन र श्रीदेवी अभिनित सुपरहिट फिल्म ‘मीनदम कोकिला’बाट उनी सर्वत्र चिनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण