बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

'नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको छैन'

शुक्रबार, २१ जेठ २०७८, ०७ : ३४
शुक्रबार, २१ जेठ २०७८

सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए ।

बेलायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो । 

नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित गर्न बेलायतको अन्तर्राष्ट्रिय  स्वास्थ्य हेर्ने निकायसँग माग गर्दै पत्र पठाइएको र उताबाट त्यसको जवाफ नआएको डा. पौडेलले जानकारी दिए ।       

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप