बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधबार, ३१ असार २०८३, ०७ : ५४
बुधबार, ३१ असार २०८३

सारांश

  • सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ।
  • बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेस गर्नेछिन्।
  • अर्थमन्त्रीले 'अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३' माथि प्रस्ताव प्रस्तुत गर्नेछन्।

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभा बैठक आज  बिहान ११:०० बजे बस्दै छ। आजको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेस गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची छ। मन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन  सदनसमक्ष प्रस्तुत गर्नेछिन्।

यस्तै, व्यवस्थापन कार्य अन्तर्गत  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३" माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) सँग सम्बन्धित दुई विषयहरू पेस गर्नेछन् । 

ppp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप