शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

शुक्रबार, २१ जेठ २०७८, १३ : ५४
शुक्रबार, २१ जेठ २०७८

एजेन्सी ।   भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनो फार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।  भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनो फार्मको खोपलाई बिहीबार स्वीकृति गरेका हुन् । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ । 

गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यो सहित भियतनाममा छ हजार ५७७ जना संक्रमित भएका छन् । 

सिनो फार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो ।  यसैबीच, चीनमा बुधबारसम्म ७० करोड ४८ लाख डोज खोप लगाइएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप