निकिताले गरिन् चलचित्र प्राविधिकलाई सहयोग
शुक्रबार, २१ जेठ २०७८, १४ : ०९

काठमाडौंँ । आर्थिक चपेटामा रहेका चलचित्र प्राविधिकहरूलाई चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा फिल्म निर्मात्री निकिता पौडेलले खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले आफ्नै सक्रियतामा १८ जना प्राविधिकलाई खाद्यान्न सामाग्री बाँडेकी हुन् । खाद्यान्न वितरणपछि पौडेलले प्राविधिकलाई सबैले सकेको सहयोग गर्न आग्रह समेत गरेकी थिइन् ।
निकिताले प्राविधिकका लागि राहत दिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उनले निकिताले १८ प्राविधिकलाई सहयोग गरेको धन्यवाद समेत दिएका छन् ।
केही दिन अगाडि अभिनेत्री करिश्मा मानन्धर, कलाकार तथा क्याप्टेन विजय लामा, अभिनेत्री सुमिना घिमिरेले पनि प्राविधिकहरूलाई खाद्यान्न सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर
-
विद्यालय शिक्षा विधेयकका विषयमा समितिलाई बुझाइएको प्रतिवेदनमा के छ ?
-
रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा
-
उपसभामुख रानालाई कांग्रेस–एमालेले हटाउन खोजेकै हुन् ?
-
शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयक : यी हुन् सहमति भएका विषय र सहमति जुट्न नसकेका दफा
-
पुर्खालाई सम्झँदै प्रचण्डले भने - म पनि दैलेखी नै हुँ !