श्रद्धाले छाडिन् एकता कपूरको फिल्म, कति मागेकी थिइन् पारिश्रमिक ?
नयाँ दिल्ली । एकता कपूरको आगामी फिल्मबाट बलिउड अभिनेत्री श्रद्धा कपूर बाहिरिएको खबर आएको छ ।
राही अनिल बर्वेले निर्देशन गर्न लागेको यो फिल्मका लागि श्रद्धाले १७ करोड भारु र नाफामा हिस्सासमेत मागेको खबर आएको थियो । यसमा कुरो नमिलेपछि श्रद्धाले यो फिल्म छोडेको बताइएको छ ।
'स्त्री २' हिट भएपछि फ्यानहरू श्रद्धाको अर्को फिल्मको व्यग्र प्रतीक्षामा छन् । केही समयअघि अभिनेत्री निर्देशक राही अनिल बर्वेको फिल्ममा उनी देखिन सक्ने खबर आएको थियो । यो फिल्म एकता कपूरले निर्माण गर्दै थिइन् । तर अब भने श्रद्धाले यो फिल्म नगर्ने भएकी हुन् । यसको मुख्यकारण पैसामा देखिएको विवाद मानिएको छ ।
पिपिङमुनको समाचारअनुसार श्रद्धा अब यो फिल्ममा हुने छैनन् । श्रद्धाले आफूसँग निकै बढी पैसा मागेको र महिलाको मुख्य भूमिका भएको फिल्ममा यति धेरै पारिश्रमिक दिनु आफूलाई ठीक नलागेको एकताले बताएकी समाचारहरू बाहिरिएका थिए । श्रद्धाले मागेको पैसा दिए फिल्मको बजेट बढ्नेसमेत उनले बताएकी थिइन् ।
श्रद्धा फिल्मबाट बाहिरिएपछि निर्माताहरूले अर्की स्टार अभिनेत्रीसँग फिल्मका लागि कुरा गरिरहेका छन् । निर्माताहरूले पहिल्यै एक चर्चित अभिनेत्रीसँग कुरा गरिरहेको खबर पनि आएको छ ।
यता श्रद्धाको हातमा भने यतिवेला 'स्त्री ३' छ । जुन फिल्म सन् २०२७ को अगस्ट १३ मा रिलिज हुने भनिएको छ । फिल्मको दोस्रो भागमा श्रद्धाको साथमा राजकुमार राव, अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जी जस्ता कलाकारहरूले महत्वपूर्ण भूमिका खेलेका थिए ।
फिल्मले बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण