श्रद्धाले छाडिन् एकता कपूरको फिल्म, कति मागेकी थिइन् पारिश्रमिक ?

नयाँ दिल्ली । एकता कपूरको आगामी फिल्मबाट बलिउड अभिनेत्री श्रद्धा कपूर बाहिरिएको खबर आएको छ ।
राही अनिल बर्वेले निर्देशन गर्न लागेको यो फिल्मका लागि श्रद्धाले १७ करोड भारु र नाफामा हिस्सासमेत मागेको खबर आएको थियो । यसमा कुरो नमिलेपछि श्रद्धाले यो फिल्म छोडेको बताइएको छ ।
'स्त्री २' हिट भएपछि फ्यानहरू श्रद्धाको अर्को फिल्मको व्यग्र प्रतीक्षामा छन् । केही समयअघि अभिनेत्री निर्देशक राही अनिल बर्वेको फिल्ममा उनी देखिन सक्ने खबर आएको थियो । यो फिल्म एकता कपूरले निर्माण गर्दै थिइन् । तर अब भने श्रद्धाले यो फिल्म नगर्ने भएकी हुन् । यसको मुख्यकारण पैसामा देखिएको विवाद मानिएको छ ।
पिपिङमुनको समाचारअनुसार श्रद्धा अब यो फिल्ममा हुने छैनन् । श्रद्धाले आफूसँग निकै बढी पैसा मागेको र महिलाको मुख्य भूमिका भएको फिल्ममा यति धेरै पारिश्रमिक दिनु आफूलाई ठीक नलागेको एकताले बताएकी समाचारहरू बाहिरिएका थिए । श्रद्धाले मागेको पैसा दिए फिल्मको बजेट बढ्नेसमेत उनले बताएकी थिइन् ।
श्रद्धा फिल्मबाट बाहिरिएपछि निर्माताहरूले अर्की स्टार अभिनेत्रीसँग फिल्मका लागि कुरा गरिरहेका छन् । निर्माताहरूले पहिल्यै एक चर्चित अभिनेत्रीसँग कुरा गरिरहेको खबर पनि आएको छ ।
यता श्रद्धाको हातमा भने यतिवेला 'स्त्री ३' छ । जुन फिल्म सन् २०२७ को अगस्ट १३ मा रिलिज हुने भनिएको छ । फिल्मको दोस्रो भागमा श्रद्धाको साथमा राजकुमार राव, अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जी जस्ता कलाकारहरूले महत्वपूर्ण भूमिका खेलेका थिए ।
फिल्मले बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्ष भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ
-
अनेमसंघ (समाजवादी) को अध्यक्षमा सिग्देल चयन
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल