रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा
नयाँ दिल्ली । यतिवेला बलिउडका बादशाह शाहरुख खान आगामी फिल्म ‘किङ्ग’का कारण चर्चामा छन् ।
यस फिल्ममा शाहरुखको साथमा रानी मुखर्जी र दीपिका पादुकोण पनि देखिँदैछन् । सिद्धार्थ आनन्दको डेब्यू निर्देशनमा बन्न लागेको यो फिल्म स्टार कास्टका कारण यसअघि नै निकै चर्चामा छ । समाचारमा जनाइएअनुसार रानी फिल्ममा लामो 'केमियो'मा देखिँदै छिन् ।
यसमा उनले शाहरुखकी छोरी सुहाना खानको आमाको भूमिका निभाउँदैछिन् । रानी र शाहरुखले यसअघि पनि निकै फिल्ममा काम गरिसकेका छन् । लामो समयपछि यो जोडीको एक्सन थ्रिलर फिल्म आउन लागेको हो । तर यसअघि भने सुहानाको आमाको भूमिकामा दीपिका देखिन सक्ने चर्चा चलेको थियो ।
फिल्ममा शाहरुख एक हत्याराको भूमिकामा देखिँदैछन् । अभिषेक बच्चन र दीपिका फिल्ममा नकारात्मक भूमिकामा छन् । फिल्मको सुटिङ मे २० देखि मुम्बईमा सुरु हुँदै छ । यसपछि फिल्मको छायांकन युरोपका अरू कैयौं स्थानमा हुने बताइएको छ ।
निर्माताहरूले यो फिल्म सन् २०२६ को अक्टोबर–डिसेम्बरको बिचमा रिलिज गर्ने योजना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण