*इच्छाराजलाई थुनाबाहिर बसेर पुर्पक्ष गर्न सर्वोच्चले दिएन आदेश
सारांश
- सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई थुनाबाहिरै बसेर मुद्दा लड्न अनुमति दिन अस्वीकार गर्यो।
- तामाङले विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दा लड्न पाऊँ भनी निवेदन दिएका थिए।
- विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो, सम्पत्ति शुद्धीकरण मुद्दामा।
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई थुनाबाहिरै बसेर पुर्पक्षका लागि मुद्दा लड्न सर्वोच्च अदालतले आदेश दिन अस्वीकार गरेको छ ।
तामाङले विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी सर्वोच्चमा ७३ नम्बर निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेषबाट फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने भन्दै कानुनबमोजिम गर्न आदेश गरेको हो ।
तामाङलाई दोषी ठहर गर्दै विशेषले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।
*यसअघिको शीर्षक सच्याइएको छ – सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण