*इच्छाराजलाई थुनाबाहिर बसेर पुर्पक्ष गर्न सर्वोच्चले दिएन आदेश

समाचार सारांश
- सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई थुनाबाहिरै बसेर मुद्दा लड्न अनुमति दिन अस्वीकार गर्यो।
- तामाङले विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दा लड्न पाऊँ भनी निवेदन दिएका थिए।
- विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो, सम्पत्ति शुद्धीकरण मुद्दामा।
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई थुनाबाहिरै बसेर पुर्पक्षका लागि मुद्दा लड्न सर्वोच्च अदालतले आदेश दिन अस्वीकार गरेको छ ।
तामाङले विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी सर्वोच्चमा ७३ नम्बर निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेषबाट फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने भन्दै कानुनबमोजिम गर्न आदेश गरेको हो ।
तामाङलाई दोषी ठहर गर्दै विशेषले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।
*यसअघिको शीर्षक सच्याइएको छ – सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ
-
अनेमसंघ (समाजवादी) को अध्यक्षमा सिग्देल चयन