हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु
शुक्रबार, २१ जेठ २०७८, १४ : ३३
कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का ४१ वर्ष र हेटौंडा–४ का ७३ वर्षका पुरुष रहेका छन् ।
मृतक दुवै पुरुषमा केही दिनअघि संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनीहरुको अस्पतालको आइसियुमा भर्ना गरी उपचार भइरहेको थियो । योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २४ जना महिला र ४४ जना पुरुष गरी कुल ६८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण