हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु
शुक्रबार, २१ जेठ २०७८, १४ : ३३

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का ४१ वर्ष र हेटौंडा–४ का ७३ वर्षका पुरुष रहेका छन् ।
मृतक दुवै पुरुषमा केही दिनअघि संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनीहरुको अस्पतालको आइसियुमा भर्ना गरी उपचार भइरहेको थियो । योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २४ जना महिला र ४४ जना पुरुष गरी कुल ६८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले