बैङ्कका कर्मचारीको आनाकानीपछि सामाजिक सुरक्षा कोषको स्पष्टीकरण, खाइपाई आएको सुविधा घट्दैन
बैङ्क तथा वित्तीय संस्था कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा आफुले खाइपाई आएको सुविधा घट्ने भन्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन आनाकानी गरेपछि यसबारे सामाजिक सुरक्षा कोषले स्पष्टीकरण दिएको छ । सामाजिक सुरक्षाबारे भ्रम रहेको भन्दै कोषले विज्ञप्ति नै निकालेर कोषमा आबद्ध हुने कुनै पनि श्रमिकले खाइपाई आएको सेवा सुविधा नघट्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘श्रम ऐनको दफा ५२ मा व्यवस्था गरिएको आधारभूत पारिश्रमिकको २० प्रतिशत (सञ्चय कोषबापतको रकम), दफा ५३ मा व्यवस्था भएको न्यूनतम १ वर्ष काम गरे बापत १ महिनाको उपदान, दफा ५४ बमोजिम श्रमिकको १ लाख रुपैयाँ बराबरको औषधोपचार, दफा ५५ बमोजिम दुर्घटना बीमाका लागि बीमाशुल्क बापतको रकम मात्रै सामाजिक सुरक्षामा कोषमा आउने र श्रम ऐनमा श्रमिकले पाइरहेको सुविधा घटाउन नपाइने स्पष्ट व्यवस्था छ ।’
श्रम नियमावली २०७५ मा उल्लेख गरिएको अनुसार श्रमिक, कर्मचारीको सेवा सुविधाको सुरक्षाको लागि कानुनी प्रत्याभूति गरिसकेको सन्दर्भमा कोषमा आबद्ध हुँदा खाइपाई आएको सुविधा नघट्ने कोषले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
