अझै अक्सिजनको सपोर्टमा दिलीप कुमार, स्वास्थ्यमा सुधार
बुधबार, २६ जेठ २०७८, ११ : १०
बलिउड फिल्मका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार आएको छ । उपचारमा सहभागी डाक्टर जलील पारकरले मङ्गलबार उनको स्वास्थ्यको बारेमा जानकारी दिँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।
पारकरले भने ‘दिलीप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ । तर उनी अक्सिजन सपोर्टमा छन् ।’ केही दिन अगाडि सामाजिक संजालमा दिलीप कुमारको निधनको हल्ला समेत फैलिएको थियो । सोही कारण डा. पारकरले उनको स्वास्थ्यको अपडेट गराएका हुन् ।
यस अगाडि दिलीप कुमारले ट्वीट मार्फत कुनैपनि किसिमको हल्लालाई सत्य नमान्न अनुरोध गरेका थिए । डाक्टरका अनुसार २–३ भित्र उनी अस्पतालबाट डिस्चार्ज हुनेछन् ।
दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
घरदैलोमै सामाजिक सुरक्षा भत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण