काँग्रेस सांसद वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता
बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् ।
आइतबार एमाले निकट युवा संघका जिल्ला समिति सदस्य अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् । हत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले बताए ।
सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । तर वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ ।
शनिबार रातोपाटीसँगको कुराकानीमा वैद्यले संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गरेकाले मुद्दा दर्ता हुन नसक्ने बताएका थिए । तर अभिव्यक्ति स्वतन्त्रताको धारालाई टेकेर नै फौजदारी कसुरमा मुद्दा गरिएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

