काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
काभ्रेपलाञ्चोक । वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी–तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ ।
सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जिल्लास्थित तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागिएको हो । यसका लागि सरोकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफलसमेत गरिसकेको छ ।
मौसम र बाढीबारे जानकारी गराउन जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीले जानकारी दिनुभयो । उहाँका धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको छ ।
सुनकोशी नदीअन्तर्गत दोलालघाट र पचुवारघाट तथा पनौती बजार नजिकै बाढी मापन उपकरण जडान गरिएको छ । रोशी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन उपकरण तथा पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना, रोशी खोला पुल र रोशी–सुनकोशीको सङ्मस्थल नेपालथोक नजिकको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अघि बढाइएको पराजुलीले बताउनुभयो । उहाँका अनुसार पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका लागि बाढीको जानकारी दिने बत्ती समेत जडान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण