सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश विरुद्धको ‘भ्याकेट’ निवेदनमा सुनुवाई जारी
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ ।
राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशविरुद्ध जेठ २६ मा अन्तरिम आदेश खारेज गर्न माग गरेर ‘भ्याकेट’ निवेदन दर्ता गराएको थियो । पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि थापा पदमुक्त भएका थिए ।
त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारवाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चासहित राजमोको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारी लगायतले पुनरावलोकनका लागि भ्याकेट निवेदन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण