डोटीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु
बिहीबार, ०३ असार २०७८, २२ : ३६

लगातारको वर्षाका कारण पहिरो खस्दा आज जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीय बालिका जेनिषा विष्ट रहेका छन् । गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरोमा पुरिएका थिए ।
दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथिबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए । च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी, स्थानीयवासी उक्त स्थानमा पुगी पहिरो पच्छ्याएर निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो । जिल्लामा पहिरोमा परेर हालसम्म तीन जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
-
‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’