विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएका छौं : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आग्रह गरेका छन् । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार गठन भएको छोटो समयमा नै बजेट ल्याउनुपर्ने बाध्यताका बीच हतारमा विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएको बताए ।
उनले छोटो समयमा पेश गरेको बजेटमा गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर (सरभाइकल) क्यान्सरको निःशुल्क शल्यक्रिया गर्ने योजना ल्याएको बताए । उनले प्रदेश अन्तर्गतका प्रत्येक जिल्ला अस्पतालहरुकै स्तरोन्नती गरी २५ देखि ५० शैयाको बनाउने योजना बजेटमार्फत अगाडि बढाएको बताए ।
मुख्यमन्त्री पोखरेलले सरकारले आगामी बर्षदेखि प्रदेशमा ५ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएको बताए । उनले गण्डकी विश्वविद्यालय मार्फत प्रदेशमा स्वरोजगारी सिर्जना गर्नका लागि विभिन्न विषयका सीपमुलक प्राविधिक शिक्षालयहरू सञ्चालन गर्ने समेत बताए । उनले प्रदेशमा नागरिकका लागि सामाजिक सुरक्षा कोषको स्थापना गर्ने सरकारको योजना रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले कोभिडका कारण परिवार गुमाएका परिवारका सदस्यलाई सरकारले आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रमहरु शुरु गरेको बताए । उनले प्रदेशका ११ वटै जिल्लाहरुमा स्मारक पार्क निर्माण गर्ने सरकारको योजना रहेको बताए ।
प्रदेशको विकास र सुशासनका लागि सरकारले विभिन्न योजना अगाडि बढाएको दावी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास, समृद्धि र स्थायित्वका लागि प्रतिपक्ष दललाई समेत विश्वासको मत दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण