सिन्धुपाल्चोकका बाढी पीडितलाई अनेरास्ववियुद्वारा राहत वितरण
नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन (अनेरास्ववियू) ले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । शुक्रवार बिहाननै खाद्य सामाग्री लिएर उनीहरु हेलम्बु पुगेका थिए ।
अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत वितरण गरेको हो । सो क्रममा खाद्य, स्वास्थ्य सामाग्री तथा लत्ताकपडा वितरण गरिएको पराजुलीले बताए ।

राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अनेरास्ववियुले ल्याएको बताए । शुक्रबार बिहान एमाले वरिष्ठ नेता माधव नेपालले राहत सामाग्री संयोजक पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

राहत वितरण टोली अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईँ, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईं लगायत सहभागी थिए । विपत्तिको बेलामा पीडितलाई केही भनेपनि सहयोग मिलेको छ । बाढीले घरबारविहीन भएपनि पीडामा मलम लगाउने काम भएको स्थानीयवासीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण