सिन्धुपाल्चोकका बाढी पीडितलाई अनेरास्ववियुद्वारा राहत वितरण

नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन (अनेरास्ववियू) ले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । शुक्रवार बिहाननै खाद्य सामाग्री लिएर उनीहरु हेलम्बु पुगेका थिए ।
अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत वितरण गरेको हो । सो क्रममा खाद्य, स्वास्थ्य सामाग्री तथा लत्ताकपडा वितरण गरिएको पराजुलीले बताए ।
राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अनेरास्ववियुले ल्याएको बताए । शुक्रबार बिहान एमाले वरिष्ठ नेता माधव नेपालले राहत सामाग्री संयोजक पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
राहत वितरण टोली अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईँ, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईं लगायत सहभागी थिए । विपत्तिको बेलामा पीडितलाई केही भनेपनि सहयोग मिलेको छ । बाढीले घरबारविहीन भएपनि पीडामा मलम लगाउने काम भएको स्थानीयवासीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लवले भेटे झलनाथ खनाल
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)