शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पूँजी बृद्धि अभियानमा वित्तिय संस्था : अधिकाशंलाई हकप्रदको साथ

शनिबार, २७ जेठ २०७४, १६ : १४
शनिबार, २७ जेठ २०७४

काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पु¥याउने समयावधि सकिन केही समय मात्र बाँकी रहँदा बैंक तथा वित्तिय संस्था कम्मर कसेर पूँजी वृद्धि अभियानमा लागेका छन् । केन्द्रीय बैंकले तोकेको २ बर्षे समय सकिन लाग्दा पनि चुक्ता पूँजी पु¥याउन नसकेका बैंक तथा वित्तिय संस्थाहरु यतिबेला पूँजी वृद्धिका लागि सक्रिय भएका हुन् ।

केन्द्रिय बैंकले आर्थिक वर्ष ०७२/०७३ को मौद्रिक नीति मार्फत ‘क’ वर्गका वाणिज्य बैंकले दुई वर्षमा ८ अर्व रुपैयाँ पुँजी पु¥याउनु पर्ने व्यवस्था गरेको छ । यस्तै, ‘ख’ बर्गका विकास बैंकहरुले २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले ५० करोड तथा राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था गरेको छ । साथै, एक देखि ३ जिल्ला कार्यक्षेत्र भएकाको हकमा ४० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने छ ।


धेरैजसो ‘क’ बर्गका वाणिज्य बैंकले अहिलेसम्म चुक्ता पूँजी पु¥याइसकेका छैनन् । ‘क’ बर्गका वाणिज्य बैंकहरुनै अहिलेसम्म चुक्ता पूँजी पु¥याउन नसकेपछि वैकल्पिक बाटाबाट पूँजी बढाउन प्रयासरत छन् । धेरै बैंकले केही विकास बैंक, फाइनान्स तथा माइक्रो फाइनान्सलाई गाभेर पूँजी बृद्धि योजना बनाइरहेका छन् भने हकप्रद निस्कासन र बोनस सेयरको साथ पनि लिइरहेका छन् ।

यतिका समय प्रयास गर्दा समेत चुक्ता पूँजी नपुगेपछि अधिकांश बैंक वित्तिय संस्थाहरु बाध्यकारी रुपमा एक आपसमा गाभिने, ठूला संस्थाले सानालाई प्राप्ति गर्ने, साना संस्था अरुमा विलय हुने तथा हकप्रद सेयर जारी गर्ने काम अहिले बैंक तथा वित्तिय संस्थाले तिव्र रुपमा गरिरहेका छन् । हाल कायम रहेका २८ वाणिज्य बैंक मध्ये धेरैको चुक्ता पूँजी पुगेको छैन । उनीहरुले अहिले हकप्रदबाटै चुक्ता पूँजी पु¥याउन प्रयास थालेका छन् । केही साना संस्था गाभ्दा, बोनस दिँदा पनि नपुगेपछि हकप्रद धमाधम निस्कासन भैरहेका छन् ।

केन्द्रिय बैंकले ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंकको संख्या घटाउने रणनीति अनुसार चुक्ता पूँजी वृद्धिको योजना अघि सारेको थियो । तर, अधिकाशंले आफ्नो अस्तित्व समाप्त हुने डरले मर्जर प्रक्रियामा जान अनिच्छा राखेपछि उनीहरुलाई चुक्ता पूँजी पु¥याउन धौधौ परेको छ । विकास बैंकको हकमा पनि केही वाहेक अधिकाशंको पूँजी पुगेको छैन । उनीहरुले अहिले मर्ज, हकप्रद, वोनसवाट पूँजीबृद्धि गरिरहेका छन् । यस्तै, ‘ग’ वर्गका संस्था पनि पूँजी बढाउन कम्मर कसेर लागेका छन् ।

आफ्नो चुक्ता पूँजी वढाउनकै लागि सानिमा बैंकले १० कित्ता वरावर ३ कित्ता पाउन गरि केही समय अघि हकप्रद जारी गरेको थियो । एक करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद जारी गरेको सानिमाले चुक्ता पूँजी पुग्ने अनुमान लगाएको छ । यस्तै, हिमालयन बैंकले पनि ७ः१ को अनुपातमा हकप्रद वितरण गरेको छ । चुक्ता पूँजी पु¥याउनकै लागि उसले पनि यो रणनीति लिएको हो ।

यस्तै, सिद्धार्थ बैंकले पनि जेठ २५ गतेवाट अहिले कायम रहेको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निस्कासन गर्दै छ । एक करोड ५७ लाख ५२ हजार ५ सय ७८ कित्ता हकप्रद जारी गर्दैछ । असार २८ गतेसम्म लिन सकिने गरि उसले पनि हकप्रद जारी गर्न लागेको हो । यो हकप्रद जारी पछि बैंकको पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ पुग्छ ।

केही महिना अघि मात्र ‘क’, ‘ख’, र ‘ग’ बर्गका दर्जानो संस्थाले हकप्रद जारी गरेका थिए । अधिकांशले आफ्नो चुक्ता पूँजी पु¥याउन हकप्रदको साथ लिएका हुन् । अहिले पनि मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले डेढ लाख कित्ता हकप्रद जारी गरेको छ । जेठ १६ सम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद भर्न पाउने जनाइएको छ । केन्द्रिय बैंकले दुई वर्षको समय दिएर पूँजी बृद्धिको नीति लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप