सिन्धुपाल्चोकका बाढी प्रभावितलाई अभिनेत्री करिश्माको सहयोग
सिन्धुपाल्चोकका बाढी प्रभावितको लागि अभिनेत्री करिश्मा मानन्धरले एक लाख रुपैयाँ सहयोगको दिने घोषणा गरेकी छन् । उनले उक्त सहयोग हालै अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका समिति मार्फत दिन लगेकी हुन् । जसको जानकारी उनले सामाजिक संजाल फेसबुकमार्फत गराएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्– ‘सिन्धुपाल्चोकको सहयोगको लागि हिजो भएको मिटिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फबाट आ–आफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भएकोले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराए ।
अहिले कोरोनाको माहामारीको यो अवस्थामा यो नै सुरक्षित उपाय हो । साथै उठेको रकमले कमसेकम उहाँहरुलाई वर्षाको यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस् । मेरो तर्फबाट रु एक लाख (१०००००) उपलब्ध गराउने जानकारी गराउन चाहान्छु ।’ करिश्माले सकेको सहयोग गर्न समेत सबैलाई अनुरोध गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण