एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा.बद्री केसीले हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वेच्छिक फिर्ती, उनीहरुका लागि दिगो पुनः एकीकरण कार्यक्रम, सुरक्षित आप्रवाससहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने, उल्लेख छ । यस्तै कोभिड–१९ का कारण प्रभावित विभिन्न गन्तव्य मुलुकबाट स्वदेश फर्कनु परेका नेपाली श्रमिकका लागि स्वरोजगारीका अवसर, क्षमता अभिवृद्धि, उद्यमशीलता लगायतका क्षेत्रमा सहकार्य गर्ने, आप्रवासन सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तिमा नेपाल सरकारसँग सहकार्य गर्नेलगायतका विषयमा सहमति भएको जनाइएको छ ।
समझदारीपछि साझा उद्देश्य प्राप्तिका विभिन्न क्षेत्रमा दुवै संस्थाले कार्यगत सम्बन्ध विस्तार गर्नेछन् । यस्तै डायस्पोराको समग्र विकासमा सहकार्य तथा सहजीकरण गर्नुका साथै सरकारका विभिन्न निकाय र तहमा सुरक्षित आप्रवासन तथा आर्थिक विकासका लागि समन्वय तथा सहकार्य गरी अघि बढ्ने सङ्घले जनाएको छ । सङ्घले छ महिनादेखि आइओएमसँग सहकार्यका लागि पहल गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण