भिसी तुलबहादुर पुनको नाममा बेलायतमा रेलवे सेवा शुरु
लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गरेका हुन् । दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै तय गरिएको यो कार्यक्रम कोभिड १९ महामारीका एकवर्ष पछि सरेको हो ।
उक्त समारोहमा बेलायती अभिनेत्री जोआना लुम्लेको पनि उपस्थिति रहको थियो । आफू ६ वर्षको उमेर हुँदा भिसी पुनलाई देखेको भएपनि आफ्नो पिता बितेको ९ वर्षपछि मात्र उनीसँग भेट भएको उनले बताइन् । पुनसँगको भेटमा उनले आफ्नो पिताको बारेमा सोधेको र उनको मृत्यु भइसकेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण समेत गरेकी थिइन् । इतिहासमा पुनको नाम अंकित भइसकेको र रेलवे सेवामा समेत उनको नाम अंकित गरिनुले पुनको स्मरण अझ अमर रहने लुम्लेले बताइन् । ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेलवेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् । भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा सन्चालन शुरू भएको छ । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिएका थिए ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको उल्लेख गरेका थिए । उनले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । साथै उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड १९ बाट जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । उक्त समरोहमा थुप्रै पूर्व गोर्खाहरुको सहभागिता रहेको थियो ।
भिक्टोरिया क्रस प्राप्त गर्ने १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित रहेका छन् । सन् १९२३ को मार्च २३ मार्चमा म्याग्दी जिल्लामा जन्मेका पुनले २१ वर्षको उमेर हुँदा दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका थिए । सन् २०११ अप्रिल २० मा पुनको निधन भइसकेको छ ।
जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिमा रहेर काम गरेका थिए ।
तस्विर शिव भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण