नेपाल एयरलाइन्सले पायो सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्ने स्वीकृति, अन्य कम्पनीले कति ?
नेपाल एयरलाइन्सले सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्न पाउने गरी ६ गन्तव्यको स्वीकृति पाएको छ । जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति माग गरेकोमा एयरलाइन्सले उक्त स्वीकृति पाएको हो ।
योसँगै निगमका जहाजले जुलाई महिनामा हप्ताको ६ वटा उडान मार्फत नियमित अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्नेछ । प्राधिकरणको स्वीकृतिअनुसार नेपाल एयरलाइन्सले आइतबार र मंगलबार कतारको दोहा उडान भर्नेछ भने बुधबार दोहा र दिल्ली दुईवटा उडान एकैदिन भर्नेछ ।
यस्तै, शुक्रबार जापानको नारिता उडान भर्ने एकिन भएको नेपाल एयरलाइन्सले शनिबार भने मलेसियाको क्वालालम्पुर उडान भर्ने अनुमति पाएको छ । अन्य फ्लाइटहरुले कुन–कुन बार पाए उडान अनुमति ? सातामा २१ अन्तर्राष्ट्रिय उडान भर्ने गरी ९ वटा उडान (फ्लाइट) कम्पनीहरुलाई प्राधिकरणले दिएको स्वीकृति अनुसार भारत, चीन, जापान, कोरिया, मलेसिया, टर्की, कतार, यूएई, साउदी अरेबिया, कुवेत र ओमान गरी ११ गन्तव्य तोकिएका छन् ।
जसमध्ये सातामा ६ उडान स्वीकृति नेपाल एयरलाइन्सले पाएकोमा अर्को नेपाली कम्पनी हिमालयन एयरलाइन्सले ४ वटा, कतार एयरवेज, जजीरा एयरवेज र टर्कीश एयरलायन्सले सातामा २–२ उडान भर्ने अनुमति पाएका छन् । यस्तै, एयर अरेबिया, मालिन्दो एयर, एयर इण्डिया, फ्लाइ दुबई र सलाम एयरले हप्तामा १–१ उडान भर्नेछन् ।
नयाँ तालिकाअनुसार आइतबार एउटा मात्रै उडान हुने छ भने सोमबार, मंगलबार, बुधबार र बिहीबार ३–३ वटा र शुक्रबार र शनिबार ४–४ वटा उडान हुनेछन् । अन्तर्राष्ट्रिय उडानका लागि हवाई कम्पनीहरूबाट जुलाई महिनाका लागि माग भए बमोजिम प्राधिकरणले यस्तो तालिका सार्वजनिक गरेको हो । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुकका वायुसेवा कम्पनीले बराबर संख्यामा उडान अनुमति पाएका छन् भने कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण