अमेरिकामा तातो हावाका कारण ६० भन्दा बढी मानिसको मृत्यु
अमेरिकामा प्रचण्ड गर्मीको कारण सिर्जना भएको तातो हावाको कारण ६० जना भन्दा ज्यादा मानिसहरूको मृत्यु भएको छ । अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो । अझ पनि यस क्षेत्रमा लामो समय सम्म प्रचण्ड गर्मीको सामना गर्नु पर्ने छ ।
अमेरिकाको ओरेगन राज्यमा गत शुक्रवारदेखि हाल सम्म ६३ जनाको ज्यान गैसकेको राज्य चिकित्सा (शव) परीक्षण अधिकारीले जनाएका छन् । त्यस मध्ये मृत्यु हुने ४५ जना पोर्टल्याण्डको मुनोमा काउन्टीमा मात्र परेको जानकारी काउन्टी चिकित्सा परीक्षकले भने।
मृतकहरू मध्ये धेरै वातानुकूलित वातानुकूलन (एयर कन्डिसन ) अथवा पङ्खा नरहेको कारण मृत अवस्थामा फेला परेको शव जाँच गर्ने अधिकारीले एक वक्तव्यमा जनाएका छन् ।
ओरेगमा सन् २०१७ देखि २०१९ बीचमा हाइपरथरमिया (शरीरमा अत्यधिक उच्च तापक्रम हुनु ) बाट १२ जनाको मृत्यु भएको थियो ।
ओरेगोनमा पनि तापक्रम अत्यधिक वृद्धि सँगै अस्पताल आउनेको सङ्ख्यामा वृद्धि भएको छ । गत सोमबार मात्र २५० जना गर्मीको कारण अस्पताल आएका थिए । यसै गरी क्यानडाकोनजिकैको स्नोहोमिश काउन्टीमा ५१ देखि ७७ वर्षका तीन व्यक्तिहरू अत्यधिक गर्मीको कारण मृत्यु भएको छ ।
गत मङ्गलवार स्पोक्यान वाशिंगटनमा दुई जना तातो हावाको कारण आफ्नै आवास गृहमा फेला परेका थिए।
व्यावसायिक सुरक्षा तथा स्वास्थ्य प्रशासनले शनिबार ओरेगनमा यसको अनुसन्धान गरिरहेको छ । जहाँ एक कृषि केन्द्रका मजदुर अचेत अवस्थामा फेला परेका थिए भने पछि उनको मृत्यु भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण