बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुर्खेतबाट एक फरार अभियुक्त पक्राउ

शनिबार, १९ असार २०७८, १६ : ३९
शनिबार, १९ असार २०७८

सुर्खेत प्रहरीले शनिबार एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ४ भैरबस्थान बस्ने बर्ष २० का प्रनित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
 जिल्ला प्रहरी कार्यालयका अनुसार लागू औषध ( ब्राउन सुगर ) मुद्धामा जिल्ला अदालतको २०७७ माघ २० को फैसला आदेशले उनलाई ५ महिना १५ दीन कैद सजाय तोकेको थियो । फैसला कार्यान्वयनको लागि विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले भने,‘ अहिले उनलाई हिरासतमा राखिएको छ।’कोरोना परीक्षण नभएको हुँदा परिक्षण पश्चात अदालतमा उपस्थित गराइने घर्तीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप