प्रदीप पौडेललाई तोकियो प्रवक्ताको जिम्मेवारी
आइतबार, २० असार २०७८, २० : ३५
नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रदीप पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छानविन समितिका सचिव केशव रिजाले जानकारी दिए ।
समितिका कामकारवाही बारे औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् ।
समितिले असार मसान्तभित्र सदस्यता छानविन टुङ्ग्याएर केन्द्रीय समितिलाई अन्तिम सूची बुझाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
-
बाँकेमा धमाधम काम गर्दै भूमि आयोग
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास