मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
सारांश
- क्यानडामा जी-७ सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिइएकोमा प्रश्न उठेको छ। क्यानडाको एनडीपी र विश्व सिख संगठनले यस विषयमा आपत्ति जनाएका छन्।
- क्यानडाका प्रधानमन्त्रीले भारतको आर्थिक महत्त्व र आपूर्ति शृङ्खलामा केन्द्रित रहेको बताउँदै मोदीलाई आमन्त्रित गरेको बताएका छन्।
- २०२३ मा खालिस्तान समर्थक सिख नेता हरदीप सिंह निज्जरको हत्यापछि भारत र क्यानडाबीचको सम्बन्धमा चिसोपना आएको थियो।
काठमाडौँ । क्यानडामा आयोजना हुन लागेको जी–७ (सात राष्ट्रहरूको समूह) सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरिएको विषयमा क्यानडामा प्रश्न उठेको छ ।
शुक्रबार मात्रै क्यानडका प्रधानमन्त्री मार्क कार्नीले भारतीय प्रधानमन्त्री मोदी जी– ७ सम्मेलनमा निम्ता गरेको विषयमा क्यानडाको राजनीतिक दल एनडीपी, विश्व सिख संगठनले प्रश्न उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, सबैभन्दा बढी जनसङ्ख्या भएको देश र विश्वव्यापी आपूर्ति शृङ्खलाको केन्द्र रहेको बताउँदै कार्नीले साझेदारहरूसँगको छलफलमा, ऊर्जा, खनिजहरू जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्न आमन्त्रित गरिएको बताए ।
एक पत्रकार सम्मेलनमा उनले भने, ‘हामी द्विपक्षीय स्तरमा कानूनको कार्यान्वयनको बारेमा छलफल गर्ने सहमतिमा पुगेका छौं र यस दिशामा वार्ता अलि अगाडि बढेको छ। जबाफदेहिताको मुद्दामा पनि सम्झौता भएको छ। मैले प्रधानमन्त्री मोदीलाई निम्तो दिएको छु र उहाँले यसलाई स्वीकार गर्नुभएको छ।’
यता भारतीय प्रधानमन्त्रीलाई सम्मेलनमा आमन्त्रण नगरिएको विषयले चर्चा पाएको थियो । कांग्रेस नेता जयराम रमेशले जुन ३ मा सामाजिक सञ्जाल ‘एक्स’ एक पोस्ट गर्दै भारतीय प्रधानमन्त्रीलाई नबोलाइएकोमा यो ठुलो कूटनीतिक गल्ती भएको बताएका थिए ।
२०२३ मा खालिस्तान समर्थक सिख नेता हरदीप सिंह निज्जरको हत्या पछि भारत र क्यानडाबिचको सम्बन्ध खटपट आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण