शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखले मागे आलियासँग काम !

आइतबार, २० असार २०७८, २१ : ३४
आइतबार, २० असार २०७८

अभिनेत्री आलिया भट्टले फिल्म ‘डार्लिंग’को सुटिङ सुरु गरेकी छन् । फिल्ममा आलियाको अलवा शेफाली शाह र विजय बर्मा पनि मुख्य भूमिकामा देखिनेछन् । ‘डार्लिंग’ मार्फत आलियाले फिल्म प्रोडक्सन समेत हात बढाएकी हुन् । त्यसैले पनि शाहरुख खान जस्ता स्टार उनीसँग काम माग्न थालेका छन् । डियर जिन्दगीमा आलियासँग को स्टारको रुपमा काम गरेका शाहरुखले हालै उनीसँग काम मागेका हुन् । शो क्रममा शाहरुखले आफु प्रोफेसनल रहने समेत बताएका छन् ।

आलियाले हालै सामाजिक सञ्जालमा फिल्मको सुटिङको बारेमा जानकारी दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन् ‘डार्लिङको पहिलो दिन । निर्माणको रुपमा मेरो पहिलो फिल्म हो । तर, म हमेसा पहिलो त कलाकार रहनेछु ।’
आलियाको पोष्टमा शाहरुखले उनीसँग काम समेत मागेका छन् । शाहरुखले लेखेका छन् ‘यो फिल्म पछि आफ्नो अर्काे प्रोजेक्टमा मलाई लिनु लिटिल वान । म छायाङ्कनमा समयमा आउँछु र प्रोफेसनल रहन्छु । बाचा ।’
२०१८ मा आएको फिल्म ‘जिरो’को तीन वर्षपछि शाहरुख अहिले ‘पठान’मा देखिन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप