शाहरुखले मागे आलियासँग काम !
अभिनेत्री आलिया भट्टले फिल्म ‘डार्लिंग’को सुटिङ सुरु गरेकी छन् । फिल्ममा आलियाको अलवा शेफाली शाह र विजय बर्मा पनि मुख्य भूमिकामा देखिनेछन् । ‘डार्लिंग’ मार्फत आलियाले फिल्म प्रोडक्सन समेत हात बढाएकी हुन् । त्यसैले पनि शाहरुख खान जस्ता स्टार उनीसँग काम माग्न थालेका छन् । डियर जिन्दगीमा आलियासँग को स्टारको रुपमा काम गरेका शाहरुखले हालै उनीसँग काम मागेका हुन् । शो क्रममा शाहरुखले आफु प्रोफेसनल रहने समेत बताएका छन् ।
आलियाले हालै सामाजिक सञ्जालमा फिल्मको सुटिङको बारेमा जानकारी दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन् ‘डार्लिङको पहिलो दिन । निर्माणको रुपमा मेरो पहिलो फिल्म हो । तर, म हमेसा पहिलो त कलाकार रहनेछु ।’
आलियाको पोष्टमा शाहरुखले उनीसँग काम समेत मागेका छन् । शाहरुखले लेखेका छन् ‘यो फिल्म पछि आफ्नो अर्काे प्रोजेक्टमा मलाई लिनु लिटिल वान । म छायाङ्कनमा समयमा आउँछु र प्रोफेसनल रहन्छु । बाचा ।’
२०१८ मा आएको फिल्म ‘जिरो’को तीन वर्षपछि शाहरुख अहिले ‘पठान’मा देखिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण