आमिर खानका भाञ्जा इमरानसँग अलग बसिरहेकी श्रीमती अवंतिकाले सोसल मिडियामा लेखिन्, ‘तपाईं कहिल्यै भाग्न सक्नुहुन्नँ’
आमिर खानको किरण रावसँग विवाह टुटेपछि उनका भाञ्जा इमरान खानको पनि वैवाहिक सम्बन्धबारे पुनः एकपटक चर्चा भएको छ । इमरानकी श्रीमती अवंतिका मलिकले आफ्नो सोसल मिडिया पोस्टमा एउटा कोट सेयर गरेकी छिन् जसलाई उनको वैवाहिक जीवनसँग जोडेर हेरिएको छ ।
अवन्तिकाले लेखक जुनोट डियाजको कोट सेयर गरेकी छिन् जसमा लेखिएको छ, ‘र यत्तिका वर्षले मलाई केही सिकाएको छ भने यो त्यो हो कि तपाईं कहिल्यै भाग्न सक्नुहुन्नँ । कहिल्यै पनि ।’
पहिला लेखेकी थिइन् –विवाह कठिन छ:
यसअघि अवंतिकाले आफ्नो पोस्टमा विवाह र सम्बन्धविच्छेदबारे कुरा गर्दै जीवनका अन्य पाटो बारे पनि कुरा गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘विवाह कठिन छ, सम्बन्धविच्छेद कठिन छ । तपाईं आफ्नो बाटो छान्नुहोस् । मोटोपना कठिन छ । फिट रहन पनि कठिन छ । तपाईं आफ्नो बाटो छान्नुहोस् ।
ऋणमा डुबिरहन कठिन छ । आर्थिक रुपमा बलियो हुन पनि कठिन छ । तपाईं आफ्नो कठिन बाटो रोज्नुहोस् । सम्पर्कमा रहन पनि कठिन छ नरहँदा पनि कठिन छ । तपाईं आफ्नो कठिन बाटो रोज्नुहोस् । जीवन कहिल्यै सहज छैन । यो सधैं कठिन छ । तर हामीले कठिन बाटो रोज्नुपर्छ । समझदारीले छान्नुहोस् ।
सन् २०१६ मा छोडेकी थिइन् घरः
इमरान–अवंतिकाको विवाहमा पछिल्लो दुई वर्षदेखि तनावको खबर आइरहेको छ । २४ मे सन् २०१९ मा अवंतिकाले इमरानको घर छोडेर छुट्टै बस्न हिँडेकी थिइन् । उनी आफ्नी छोरी इमारासँग आफ्ना आमा–बुवाको घरमा नै बसिरहेकी छिन् । दुबैको परिवारले इमरान र अवंतिकाबीच कुरा सल्टाउने कोसिस गरे तर कुरा मिल्न सकेन ।
इमरान र अवंतिका सन् २०११ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुकी छोरी इमाराको जन्म जून २०१४ मा भयो । विवाह अघि यी दुईले एक अर्कालाई लामो समयसम्म डेट गरेका थिए ।
इमरानले सन् २००८ मा फिल्म ‘जाने तू या जाने ना’ बाट डेब्यू गरेका थिए । यसअघि उनी आमिर खानको फिल्म कयामत से कयामत तकमा बाल कलाकारको रुपमा देखिएका थिए । हाल इमरान अभिनयबाट ब्रेक लिएर फिल्म निर्माणमा हात हालिरहेका छन् । उनी एकता कपूरको वेब शो मम (मार्स अर्बिट मिशन) को निर्देशन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण