सुर्खेतमा सवारी साधनमा लगाइएको जोर–बिजोर हट्यो
सुर्खेतमा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएसँगै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।
गएको असार १८ गतेदेखि सुर्खेत जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने गरी जोरबिजोर प्रणाली लागु गरिएको थियो ।
मंगलबार यातायात व्यवसायीसँग छलफल गरेर जोरबिजोर हटाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
जोरबिजोर प्रणाली हटाई जिल्लाभित्र यातायात सेवा संचालन गर्ने, कतिपय सवारी साधनहरुले तोकिए भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सबै सवारी साधनले तोकिएको मात्र भाडा उठाउने र भाडादर सबै यातायात व्यवसायी कम्पनीहरुले आ–आफ्नो काउण्टरमा र सवारी साधनमा स्पष्ट देखिने गरी टाँस गर्ने निर्णय समेत भएको रिजालले बताए ।
यस्तै यातायात व्यवसायलाई मर्यादित र अनुशासित बनाउन जिल्लामा रहेका यातायात व्यवसायीहरुले आपसमा छलफल गरी निष्कर्षका बुँदा पहिल्याई लागू गर्न जिल्ला स्थित सबै यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।
यातायातका साधनमा मास्क र सेनिटाइजको व्यवस्था गरी यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न÷गराउन लगाउने, कोभिड–१९ को सम्भावित तेश्रो लहर समेतलाई मध्यनजर गरी बसपार्कमा प्रवेश गर्ने हरेक सवारी साधनलाई न्यूनतम शुल्क लिई निसंक्रमित गर्ने व्यवस्था मिलाउनका लागि वीरेन्द्रनगर नगरपालिकालाई अनुरोध गरिने छ ।
रिजालले भने,‘ निजी नम्बर प्लेट भएका सवारी साधनहरुले समेत यात्रुहरु ओसार पसार गरेको भन्ने गुनासोका सम्वन्धमा ट्राफिक प्रहरीले निगरानी तथा चेकजाँच गरिनेछ ।’
सुर्खेत जिल्ला भित्र सार्वजनिक सवारीमा लगायतको जोड बिजोर प्रणाली अन्त्य भएसँगै यातायात व्यवसायीहरु भने खुसी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण