दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले
दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् ।
यहाँ केही दिनयता कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुँदै छ । यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ ।
यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ । मङ्गलबार देखिएको १ हजार २१२ जना सङ्क्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो । तर पनि अघिल्ला दिनहरुमा यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका सङ्क्रमित भेटिएका थिए । त्यसमा बृद्धि भएर मङ्गलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो ।
यहाँका स्वास्थ्य अधिकारीहरुले गएको ६ महिनापछि यहाँ यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन् । यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ । बुधबार देखिएका यी सङ्क्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा अर्को वेभको त्रास बढेको समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण