शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा सांसदहरुले मोबाइल धेरै चलाएपछि...

बुधबार, २३ असार २०७८, १५ : १५
बुधबार, २३ असार २०७८

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको बैठकमा मोबाइल फोन नचलाउन सचेत गराएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा उनले सांसदहरुलाई मोबाइल फोन  नचलाउन र वक्ता सांसद बोलिरहेको बेला ओहोरदोहोर नगर्न पनि सचेत गराएका छन् ।

बैठकमा अध्यक्ष तिमिल्सिनाले भने– ‘माननीय सदस्यहरु कतिपय वक्ता माननीयज्यूहरुको अगाडिबाट ओहोरदोहोर भएको र बैठक कक्षमा मोबाइल फोनको समेत प्रयोग भएको सन्दर्भमा माननीय सदस्यहरुलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम २० र २१ मा रहेका नियमहरूको स्मरण गराउन चाहन्छु ।’

राष्ट्रियसभाको बैठक चलिरहँदा कतिपय सांसदले बैठकमा भन्दापनि मोबाइलमा ध्यान दिने गरेका छन् । कतिपय सांसदले सभामा मोबाइल फोनबाट सेल्फी फोटो समेत खिच्ने गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप