राष्ट्रियसभामा सांसदहरुले मोबाइल धेरै चलाएपछि...
बुधबार, २३ असार २०७८, १५ : १५
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको बैठकमा मोबाइल फोन नचलाउन सचेत गराएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा उनले सांसदहरुलाई मोबाइल फोन नचलाउन र वक्ता सांसद बोलिरहेको बेला ओहोरदोहोर नगर्न पनि सचेत गराएका छन् ।
बैठकमा अध्यक्ष तिमिल्सिनाले भने– ‘माननीय सदस्यहरु कतिपय वक्ता माननीयज्यूहरुको अगाडिबाट ओहोरदोहोर भएको र बैठक कक्षमा मोबाइल फोनको समेत प्रयोग भएको सन्दर्भमा माननीय सदस्यहरुलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम २० र २१ मा रहेका नियमहरूको स्मरण गराउन चाहन्छु ।’
राष्ट्रियसभाको बैठक चलिरहँदा कतिपय सांसदले बैठकमा भन्दापनि मोबाइलमा ध्यान दिने गरेका छन् । कतिपय सांसदले सभामा मोबाइल फोनबाट सेल्फी फोटो समेत खिच्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण