एमालेको वार्ता प्रगति शून्य, अदालतलाई प्रभावित पार्न खोजेको नेपाल पक्षको आरोप
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगतिविनै सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो ।
यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताए । ‘भोलि शुक्रबार साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ । हामी आशावादी छौ’ नेम्वाङको भनाई छ ।
तर, नेता घनश्याम भुसालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको बताए । ‘हामी जहाँको त्यहीँ छौं । आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो । तर, विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन’ भुसालको भनाइ छ ।
यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले रातोपाटीसँग भने- ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’
ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको नेपाल पक्षका नेताहरुको आरोप छ । आज गृहकार्य गरेर साँझ ७ बजे बैठक गर्ने भनिए पनि ओली पक्षले सहमतिको कुनै प्रस्ताव नल्याएको र विष्णु पौडेल वार्ताबाटै भागेको नेपाल पक्षका नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण