बिग बस ११ः ढिंचेक पूजाको टाउकोमा जुम्रै जुम्रा, प्रतिस्पर्धी तनावमा
बिग बस–११ मा कमनरको रुपमा प्रवेश पाएकी ढिंचेक पूजाको घरभित्र अहिलेसम्म कसैसँग पनि झगडा भएको छैन तर पनि अन्य प्रतिस्पर्धी उनका कारण तनावमा देखिएका छन् । वास्तवमा, पूजासँगै बेड सेयर गर्ने प्रतिस्पर्धी अर्शी खानले उनको टाउकोमा जुम्रा नै जुम्रा भएको सबैलाई बताएपछि अन्य प्रतिस्पर्धी तनावमा देखिएका छन् । पूजासँग अन्य प्रतिस्पर्धी टाढै बस्ने कुरा गर्न थालेपछि हितेन तेजवानी र शिल्पा सिन्देले ‘बिग बस’ सँग जुम्राका लागि औषधी मगाएपछि उक्त विषय शान्त भयो ।
चौथो हप्ताको नोमिनेशन बिग बस आफैंले प्रतिस्पर्धीको नाम बोलाएर गरे ।
बिग बसका अनुसार शिल्पा शिन्दे, विकास गुप्ता, बंदगी कालरा, पुनिष शर्मा, अर्शी खान, महजबी सिद्दिकीलाई एभिक्शनका लागि नोमिनेट गरियो ।
पछि नोमिनेट प्रतिस्पर्धीलाई घरका सुरक्षित सदस्यले आफूसँगै ल्याउने गोल्डन चान्स पाए ।
यस्तोमा अर्शीले बेनाफशा सूनावाललाई, महजबीले ज्योती कुमारी, पुनिषले सपना चौधरी र बंदगीले लव त्यागीलाई आफ्नो स्थानमा नोमिनेट गरे ।
घरकी क्याप्टेन हिना खान र नयाँ प्रतिस्पर्धी ढिंचेक पूजा नोमिनेसनबाट सेफ रहे ।
त्यस्तै, बिग बसले हिनालाई आकाश ददलानीलाई नोमिनेट गर्ने मौका दिए । जसको उनले पूरा फाइदा उठाए ।
बिग बसमा फिर्ता हुनसक्छन् प्रियंकः
बिग बसमा पहिलो हप्ता नै घरबाट बाहिरिएका प्रतिस्पर्धी प्रियंक शर्मा चाँडै नै कार्यक्रममा फिर्ता हुनसक्छन् ।
प्रियंक ढिंचेक पूजासँगै घरमा वाइल्ड कार्ड एन्ट्री गर्ने भनिए पनि अब प्रियंक एक्लै चाँडै कार्यक्रममा प्रवेश गर्ने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण