विप्लव नेतृत्वको नेकपाका नेता ओली अस्पताल भर्ना
शुक्रबार, २५ असार २०७८, १९ : १३
नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई हृदयघात भएको छ । हृदयघात भएलगत्तै ओलीलाई बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रको ईमरजेन्सी वाडमा भर्ना गरिएको हो । सुगर तथा मुटुरोगबाट ग्रसित ओली २०७५ साल चैतमा काभ्रेबाट पक्राउ परेका थिए । उनी नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।
पक्राउ पर्नुअघि ओली नेत्रविक्रम चन्द ‘विप्लव; नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्जको जिम्मेवारीमा रहेका थिए । सरकार र नेकपाबीच सहमति भई सो पार्टीको शीर्ष नेतृत्व खुल्ला भइसक्दा समेत ओलीलाई रिहा गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण