विप्लव नेतृत्वको नेकपाका नेता ओली अस्पताल भर्ना
शुक्रबार, २५ असार २०७८, १९ : १३
नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई हृदयघात भएको छ । हृदयघात भएलगत्तै ओलीलाई बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रको ईमरजेन्सी वाडमा भर्ना गरिएको हो । सुगर तथा मुटुरोगबाट ग्रसित ओली २०७५ साल चैतमा काभ्रेबाट पक्राउ परेका थिए । उनी नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।
पक्राउ पर्नुअघि ओली नेत्रविक्रम चन्द ‘विप्लव; नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्जको जिम्मेवारीमा रहेका थिए । सरकार र नेकपाबीच सहमति भई सो पार्टीको शीर्ष नेतृत्व खुल्ला भइसक्दा समेत ओलीलाई रिहा गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने