मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री शाही अचानक सिमकोटमा

शुक्रबार, २५ असार २०७८, १९ : ५१
शुक्रबार, २५ असार २०७८

–दाने बोहरा 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहित अचानक सिमकोट आएका छन् । लामो समयदेखि प्रदेशसभा बैठक अवरुद्ध  हुँदा यही असार १ गते  प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन ।  मुख्यमन्त्री शाही अपराह्न  सिमकोट आइपुग्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । मुख्यमन्त्री शाही सत्ता साझेदार दलका नेतासहित हुम्ला आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको किचलोले मुख्यमन्त्री शाही नेतृत्वको सरकार अप्ठ्यारोमा परेको बेला यसअघि पनि मुख्यमन्त्री शाही नेता जीवनबहादुरसँगै हुम्ला आएका थिए । त्यसबेला उनीहरुका बीचमा सत्ता साझेदारका विषयमा  सल्लाह भएको बताइएको छ ।  प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित योजनाको अनुगमन तथा मूल्यांकन र जिल्लाको पछिल्लो अवस्थाका बारेमा बुझ्न मुख्यमन्त्री शाही नेतृत्वको टोली यहाँ आएको जनाइएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप