कर्णालीका मुख्यमन्त्री शाही अचानक सिमकोटमा
–दाने बोहरा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहित अचानक सिमकोट आएका छन् । लामो समयदेखि प्रदेशसभा बैठक अवरुद्ध हुँदा यही असार १ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन । मुख्यमन्त्री शाही अपराह्न सिमकोट आइपुग्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । मुख्यमन्त्री शाही सत्ता साझेदार दलका नेतासहित हुम्ला आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको किचलोले मुख्यमन्त्री शाही नेतृत्वको सरकार अप्ठ्यारोमा परेको बेला यसअघि पनि मुख्यमन्त्री शाही नेता जीवनबहादुरसँगै हुम्ला आएका थिए । त्यसबेला उनीहरुका बीचमा सत्ता साझेदारका विषयमा सल्लाह भएको बताइएको छ । प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित योजनाको अनुगमन तथा मूल्यांकन र जिल्लाको पछिल्लो अवस्थाका बारेमा बुझ्न मुख्यमन्त्री शाही नेतृत्वको टोली यहाँ आएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण