मुख्यमन्त्री शाहीले गरे लिमी र लाप्चाको स्थलगत निरीक्षण
शुक्रबार अचानक हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लाको उत्तरी क्षेत्रको वस्तु स्थितिबारे स्थलगत निरीक्षण गरेका छन् । शनिबार शाहीले सोही क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् । शाहीको टोलीले चीन र नेपालबीच विवाद सृजना भएको लिमीको लाप्चा, ललोङ्गजोम र हिल्सा, किट क्षेत्र (जहाँ १२, १० (२), ९(२), ८(१), ७(१), ६(१), ६(२), ५(१) र ५(२) सीमा स्तम्भहरू रहेका छन्) उक्त क्षेत्रको स्थलगत अवलोकन गरेको नेपाली काँग्रेस संसदीय दलका जीवनबहादुर शाहीले जानकारी दिए । शाहीले भने, ‘ढिलै भएपनि प्रदेश सरकारको तर्फबाट आफ्नो क्षेत्र भित्रको भूमिको रक्षार्थ पहल शुरू भएको छ ।’
सो क्षेत्रको अनुगमन पश्चात शाहीले भने, ‘अब यो मुद्दा केवल हुम्लावासीको, नेपाली काँग्रेस, मेरो वा व्यक्ति र पार्टी विषेश रहेन । अब प्रदेश सरकारको पनि चासोको विषय हुन गएको छ । विस्तारै संघीय सरकार, सिंगो राष्ट्र र आम नेपाली नागरिकको पनि चासोको विषय हुनेछ ।’
गत साल नाम्खा गाउँपालिका–६ र त्यहाँका स्थानीय बासिन्दाबाट सीमा विषयमा जनगुनासो प्राप्त भए पश्चात सम्बन्धित क्षेत्रको जनप्रतिनिधिको हैसियतमा मेरो नेतृत्वमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारी र सञ्चारकर्मीको टिमबाट उक्त क्षेत्रको अध्ययन भएको थियो ।
शाहीका अनुसार त्यो समूहले करिब ११ दिनको लामो स्थलगत अध्ययन भएको थियो । स्थलगत निरीक्षण पश्चात प्राप्त तथ्य एवम् प्रमाणका आधारमा निष्कर्ष निकालेको थियो । यस्तै जिल्ला प्रशासनमार्फत नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री र प्रदेश सरकारका मुख्य मन्त्रीलाई ध्यानाकर्षण गरिएको थियो ।’
साथै शाहीले संघीय सरकारले पनि यो स्थानमा विज्ञ टोली खटाइ यथार्थ विवरण सार्वजनिक गरेर चीनसँग कुटनीतिक माध्यमबाट पछिल्लो समयमा उत्पन्न समस्याको स्थायी समधानका लागि अनुरोध गरेका छन् । सो क्षेत्रमा मुख्यमन्त्री शाहीसँगै काँग्रेस नेता शाही, पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी र सहायक प्रमुख जिल्ला अधिकारी पुगेका थिए ।
शुक्रबार एकाएक मुख्यमन्त्री र काँग्रेस नेता शाही सुटुक्क हुम्ला पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मुख्यमन्त्री शाहीले सीमाको अनुगमननै गर्ने भए विवाद उठिरहेको बेला किन जान सकेनन् भन्ने प्रश्न समेत सामाजिक सञ्जाल र सरोकारवालाहरूले उठाएका छन् । सीमा विवाद उत्कर्षमा पुगेका बेला मुख्यमन्त्री शाहीले त्यति चासो दिएका थिएनन् ।
काँग्रेस नेता शाहीले भने यो विषयलाई आश्चर्य मान्न नहुने बताए । उनले भने– ‘प्रदेशसभा नचलेको समयमा यसो समय निकालेर अनुगमनमा जाउँ भन्ने मात्रै हो । त्यस्तो अरु कुनै विषय छैन् । यो विषयमा आश्चर्य मान्नुपर्ने पनि छैन ।’ टोली शनिबार वीरेन्द्रनगर फर्किसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण