गण्डकी प्रदेशसभा बैठक पुनः स्थगित
गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बैठक पुनः स्थगित गरिएको हो । बजेटको बिषयलाई लिएर एमालेले बैठक अवरुद्ध गरेपछि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बैठक २ बजे शुरु गरिएको थियो । तर, बैठक शुरु हुनासाथ एमालेले पुनः अवरुद्ध गरेपछि सोमबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो । सभामुख नेत्रनाथ अधिकारीले एमालेको अवरोधपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
प्रदेश सरकारले गैरकानुनी रुपमा कार्यकर्ता पोस्नका लागि करोडौं रुपैया रकमान्तर गरेकाले वास्तविक यथार्थ बाहिर नल्याउँदा सम्म बैठक चल्न नदिने एमालेका सांसद रामशरण बस्नेतले बताए । उनले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएको योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए ।
सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौं रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे । उनले सरकारले बजेटसमेत ल्याउन नसकेको बताउँदै आर्थिक ऐन, सार्वजानिक खरिद ऐन–नियमावली अनुसार बजेट नल्याइएको बताए ।
सरकारले बहुवर्षीय ठेक्का लगाएका योजना हटाएर कार्यकर्ता रिझाउन रकमान्तर गरेर बजेट बाँडेको उनले आरोप लगाए । सांसद बस्नेतले कति रकम रकमान्तर गरेको हो भन्नेबारे नखुलाएको र के आधारमा योजना छनोट गरिएका हुन् भन्ने बारेमा समेत सरकार मौन रहेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण