योगेश भट्टराईको प्रतिक्रिया : १० बुँदे सहमति स्वागतयोग्य
सोमबार, २८ असार २०७८, ०० : ०३

एमाले नेता योगेश भट्टराईले कार्यदलमा आइतबार राति भएको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् । ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले भनेका छन्, ‘यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।’ तर सहमतिको मुख्य पात्र माधव नेपालले भने असहमति जनाएका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन