प्रधानमन्त्रीका मुख्य सल्लाहकारको टिप्पणी– जनादेशभन्दा परमादेश ठूलो भनियो
सोमबार, २८ असार २०७८, २१ : १२
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जनादेशभन्दा परमादेशलाई सर्वोच्च अदालतले ठूलो भनिदिएको भन्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले असार २८ को दिनलाई विसंगत दिनको रुपमा समेत टिप्पणी गरेका छन् ।
अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएपछि सोमबार उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज असार २८ गते—जनादेश हैन, परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन ।’
यस्तै एमालेले पनि स्थायी समिति बैठकबाट संसदीय प्रणालीका आधारभूत संरचनालाई खलबल्याउने काम अदालतले गरेको ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण