बालोपयोगी सामान्य ज्ञान– नेपालको चारधाममा कुनकुन पर्छन् ?
१, बत्तीसौँ ओलम्पिक खेलकूद प्रतियोगिता कहाँ, कहिलेदेखि सुरू हुँदैछ ?
(क) जापानको टोकियो शरहमा सन् २०२१ जुलाई २३ देखि, (ख) जापानको टोकियो शहरमा सन् २०२१ जुलाई २४ देखि, (ग) जापानको टोकियो शहरमा सन् २०२१ जुलाई २५ देखि, (घ) जापानको टोकियो शहरमा सन् २०२१ अगस्ट ८ देखि
२, प्रत्येक चार वर्षमा गर्ने गरिएको ओलम्पिक खेलकूद प्रतियोगिता यस पटक किन पाँच वर्षमा गर्न लागिएको हो ?
(क) तयारी पूरा नभएको कारणले (ख) कोराना महामारीका कारणले (ग) आर्थिक कारणले (घ) दैवीवित्तीका कारणले
३, नेपालले कहिलेदेखि ओलम्पिक खेलकूद प्रतियोगितामा भाग लिन थालेको हो ?
(क) सन् १९५६ देखि, (ख) सन् १९६० देखि, (ग) सन् १९६४ देखि, (घ) सन् १९६८ देखि
४, नेपालको चारधाममा कुनकुन पर्छन् ?
(क) वराहक्षेत्र, मुक्तिक्षेत्र, रुरुक्षेत्र, पाशुपत क्षेत्र (ख) वराहक्षेत्र, मुक्ति क्षेत्र, जनकपुरक्षेत्र, रुरुक्षेत्र (ग) वराहक्षेत्र, पाशुपतक्षेत्र, जनकपुरक्षेत्र, हरिहरक्षेत्र (घ) वराहक्षेत्र, मुक्तिक्षेत्र, रुरुक्षेत्र, हरिहरक्षेत्र
५, नेपालको संविधानमा महान्यायाधिवक्ता नियुक्त गर्ने प्रावधान कस्तो छ ?
(क) राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ (ख) प्रधामन्त्रीले नियुक्त गर्ने प्रावधान छ (ग) प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ (घ) प्रधानन्यायाधीशले नियुक्त गर्ने प्रावधान छ
६, नेपालको संविधानअनुसार महान्ययाधिवक्तालाई कसले सपथ खुवाउने चलन छ ?
(क) प्रधानन्यायाधीशले (ख) राष्ट्रपतिले (ग) प्रधानमन्त्रीले (घ) राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले
७, गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको मृत्यु कहिले भएको थियो ?
(क) २०७८ साल जेठ १ गते (ख) २०७८ साल जेठ २ गते (ग) २०७८ साल जेठ ३ गते (घ) २०७८ साल जेठ ४ गते
८, नेपाल सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउने घोषणा कहिले गरेको हो ?
(क) २०७८ साल जेठ १७ गते (ख) २०७८ साल जेठ १८ गते (ग) २०७८ साल जेठ १९ गते (घ) २०७८ साल जेठ २० गते
९, सर्वोच्च अदालतबाट पुनस्थापित संसद पुन कहिले विघटन भएको थियो ?
(क) २०७८ साल जेठ ७ गते (ख) २०७८ साल जेठ ८ गते (ग) २०७८ साल जेठ ९ गते (घ) २०७८ साल जेठ १० गते
१०, अन्तर्राष्ट्रिय न्यायालयमा कति जना न्यायाधीश हुन्छन् ?
(क) १० जना (ख) १२ जना (ग) १५ जना (घ) १६ जना
११, छाडा गाईवस्तु थुन्ने घरलाई के भनिन्छ ?
(क) पशुशाला (ख) गोठ (ग) उपवन (घ) कान्जिहाउस
उत्तर १– (क), २ – (ख), ३ – (ग), ४ – (घ), ५– (ग), ६ – (क), ७ – (ख), ८ – (ग), ९ – (ख), १० – १५ जना, ११ – (घ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
-
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
-
हवाई पहुँच विस्तार गर्न इन्डोनेसियाले ३९ नयाँ विमानस्थल बनाउने
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण