बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

आलुको परिकारमा साङ्ला भेटिएपछि...

बुधबार, १७ असार २०८३, १९ : ३१
बुधबार, १७ असार २०८३

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर ३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि  २ लाख ५० हजार जरिवाना गरिएको छ ।

आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लङ्घन भएको भेटिएपछि बुधबार २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा व्हाट्सएपमार्फत आलुको परिकारमा साङ्ला भेटिएको उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको, फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप