के आमा बन्दैछिन् नेहा कक्कड ?
गायिका नेहा कक्कडले गत वर्ष रोहनप्रित सिंहसँग विवाह गरेकी हुन् । विवाहलगत्तै उनी गर्भवती भएको खबर बाहिर आएको थियो । सो खबरको विषयमा नेहा केही बोलिनन् । किनभने सो समय उक्त खबर उनको नयाँ गीतको प्रमोसन स्टन बाहेक केही थिएन । उक्त खबरका लागि फ्यानले उनलाई निकै ट्रोल गरेका थिए । अहिले फेरि नेहा गर्भवती भएको खबर चर्चामा छ ।
नेहा र रोहन एक दोस्रोलाई निकै प्रेम गर्छन् । उनीहरु अक्सर आफ्नो प्रेम सामाजिक सञ्जालबाट अभिव्यक्त गर्ने गरेका छन् । केहीदिन पहिले दुबै एयरपोर्टमा देखिएका थिए । केही समयदेखि नेहाको पहिरन सेन्स समेत केही परिवर्तन भएको छ । नेहा र रोहनको केही फरक स्माइलमा जुन तस्बिर बाहिर आएको छ । त्यसले नेहा गर्भवती भएको संकेत समेत दिएको छ ।
नेहाले इन्स्टाग्राममा केही तस्बिर समेत शेयर गरेकी छन् । जसमा उनले पर्पल कलरको पहिरन लगाएकी छन् । यो पहिरनमा उनले रोहनप्रितका साथ प्रेमले भरिएको तस्बिर खिचाएकी छन् । धेरै तस्बिर उनले साइट पोजमा दिएकी छन् । यसले पनि उनी गर्भवती भएको अनुमानमा बल पुगेको छ ।
नेहा कामका पनि निकै सक्रिय रहने व्यक्ति हुन् । उनी टेलिभिजन तथा सामाजिक सञ्जालमा केही दिनको अन्तरमा चर्चामा छाउने गर्थिन् । अहिले भने उनी लामो समयसम्म इन्डियन आइडल सेटमा देखिएकी छैनन् । यसकारण पनि अनुमान गरिएको छ गर्भाअवस्थाका कारण उनले इन्डियन आइडलबाट केही समयका लागि बिदा लिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण