एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
काठमडौँ। जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको रोमाञ्चक खेलमा पहिलो हाफको समाप्तिसम्म पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनी विरुद्ध १–० को सुरुवाती अग्रता बनाएको छ ।
अमेरिकाको फक्सबरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान २:१५ बजे सुरु भएको खेलको ४२ औँ मिनेटमा पाराग्वेका स्ट्राइकर जुलियो एन्सिसोले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनलाई माटियास गालार्जाले गोलका लागि सुन्दर पास उपलब्ध गराएका थिए । त्यसपछिको थप समयमा जर्मनीले गोल फर्काउने प्रयास गरे पनि पहिलो हाफ पाराग्वेको पक्षमा सकियो ।
सन् २०१४ मा विश्वकपको उपाधि जितेयता पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको जर्मनीका लागि यो खेल चुनौतीपूर्ण बनेको छ । समूह ‘ई’ को विजेता बन्दै अन्तिम ३२ मा आएको जर्मनी पहिलो हाफको नतिजापछि दबाबमा देखिएकाे छ ।
अर्कोतर्फ, समूह ‘डी’ मा तेस्रो स्थानमा रहँदै नयाँ संरचना अनुसार नकआउट चरणमा प्रवेश गरेको पाराग्वेले यो खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । फिफा विश्वकप इतिहासमै सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको पाराग्वेले यस खेलमा पनि पुरानो साख फर्काउने प्रयास गरिरहेको छ ।
पहिलो हाफमा पछि परेको जर्मनी दोस्रो हाफमा गोल फर्काउँदै अन्तिम १६ मा स्थान पक्का गर्ने प्रयासमा मैदान उत्रनेछ, जहाँ विजयी टोलीले सम्भवतः बलियो प्रतिद्वन्द्वी फ्रान्सको सामना गर्नुपर्नेछ । अर्कोतर्फ, पाराग्वेले दोस्रो हाफमा आफ्नो रक्षापंक्ति मजबुत बनाउँदै ऐतिहासिक यात्रा जारी राख्ने रणनीति लिने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण