कर्णालीका यौनिक अल्पसंख्यकलाई आत्मनिर्भर बनाइने
कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेशका यौनिक अल्पसंख्यकहरुलाई सीपका आधारमा आत्मनिर्भर बनाइने बताएका छन् । उनले यौनिक अल्पसंख्यकको सुरक्षा र रोजगारमा प्रदेश सरकार गम्भीर रहेको पनि बताए । बिहीबार यौनिक अल्पसंख्यकहरुसँगको छलफलमा उनले भने,‘सीप सिकाएर आत्मनिर्भर बनाउने हामीले कार्यक्रम ल्याएका छौँ ।’
यौनिक अल्पसंख्यकहरु अहिले पनि खुल्न सकिरहेका छैनन् । कतिपय खुलेकाहरू पनि असुरक्षित छन् । त्यसैले तपाईंहरुको सुरक्षा र रोजगारको विषयमा हामी गम्भीर छौँ ।’ मन्त्री बुढाक्षेत्रीले कर्णाली प्रदेशभर रहेका यौनिक अल्पसंख्यकको तथ्याङ्क उपलब्ध गराउन सरोकारवालाहरुसँग आग्रह गरे । अहिलेसम्म कर्णालीका यौनिक अल्पसंख्यकहरुको एकिन तथ्याङ्क नै छैन् ।
‘एकिन तथ्याङ्क भए सीप सिकाउन, क्षमता अनुसारको काम दिन र स्वरोजगार बनाउन सहज हुन्थ्यो’ मन्त्री श्रेष्ठले भने,‘तथ्याङ्क उपलब्ध गराउने काममा सरोकारवाला संघ–संस्थाको सहयोग मन्त्रालयलाई आवश्यक छ ।’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले यौनिक अल्पसंख्यकहरुका लागि चालू आर्थिक वर्षमा सीपमूलक तालिमको व्यवस्था गरिएको बताए । उनले यौनिक अल्पसंख्यकहरुको तथ्याङ्क नहुँदा काम गर्न मन्त्रालयलाई असहज भइरहेको बताए ।
सचिव काप्रीले यौनिक अल्पसंख्यकहरुका बारेमा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औंल्याए । निलहिरा समाजका भूमिका श्रेष्ठले विद्यालय तह देखिनै यौनिक अल्पसंख्यकहरुको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । घर,परिवार र समाजको डरले यौनिक अल्पसंख्यकहरु अझै पनि खुल्न सकिरहेका छैनन् । त्यसका लागि सचेतना कार्यक्रम फैलाउन जरुरी छ ।
ब्लुडाइमण्ड सोसाइटीका मनिषा ढकालले गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरुले पाउन नसकेको बताइन् । उनले कोरोनाविरुद्धको खोपमा यौनिक अल्पसंख्यकहरुलाई प्राथमिकता दिन आग्रह गरिन् । प्रदेश सरकारले भने आफ्नै बार्षिक बजेटमा यौनिक अल्पसंख्यक भनेर कतै उल्लेख गरेको छैन ।
लोपोन्मुख तथा सीमान्तकृत समुदायको जीवनस्तरमा टेवा पुग्ने भन्दै आय–आर्जन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि भन्दै ५ करोड रकम विनियोजन गरेको छ । यद्यपि, यौनिक अल्पसंख्यक भनेर कतै नभेटिएको उनीहरुको भनाई छ । ‘प्रदेश सरकारले अरु सबै समुदायको भनेर नाम तोकेको छ । तर, हाम्रो बारेको नाम उल्लेख गरेको भेटिएन’ उनीहरुले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण