हुम्लामा ९ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
हुम्लाको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा कामकाज ठप्प भएको छ । वल्र्ड लिङ्क कम्युनिकेसन प्रालिको इन्टरनेटमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो । असार २९ गतेदेखि सेवा अवरुद्ध हुँदा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्नुपर्ने काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।
विभिन्न योजना र अन्य विकासे गतिविधिको चेक काट्ने काम भए पनि साट्न पाएको छैन । असार ३० गते अदानचुली गाउँपालिकामा गएर काम गरे पनि पूरा गर्न नसकिएको ढकालले बताए । इन्टरनेट समस्याले हिसाब मिलाउन गर्न नसकेर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रतिवेदन पठाउन नसकिएको गाउँपालिकाले जनाएको छ । हालसम्म गाउँपालिकाले खर्च निकाल्न र फ्रिज रकमबारे पनि भन्न नसकिएको उनले बताए । वर्ल्ड लिङ्कलाई खबर गरेर जुम्लाबाट कर्मचारी आइपुगे पनि इन्टरनेट बन्न नसकेको बताइएको छ ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा स्वास्थ्यचौकीको कामकाजमा पनि बाधा पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र श्यांकुले बताए । वर्ल्ड लिङ्कले मर्मत जारी राखे पनि कहिलेसम्म इन्टरनेट सेवा सञ्चालनमा आउँछ भन्नेबारे अझै टुङ्गो नलागेको गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण