बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जुवा मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

शुक्रबार, ०८ साउन २०७८, १० : ३७
शुक्रबार, ०८ साउन २०७८

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं ६ बस्ने ४० वर्षीय दीपेन्द्र सुनार, ३७ वर्षीय सन्दीप श्रेष्ठ र रोशन भट्टराईलाई बिहीबार पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
 
विसं २०७१ मङ्सिर १५ गतेको जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसला आदेशले लगत नं १०६२ मा लगत कसिएको जनही रु २०० असुलउपर गर्ने प्रयोजनका लागि विशेष सूचनाका आधारमा ती फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप