‘सबैभन्दा ठूलो जनसङ्ख्या ओलीको साथमा छ, केही दर्जन मात्रै बदनामीमा लागेका छन्’
नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो बदनामीमा लागेको बताएका छन् । ‘केपी ओलीलाई मुख छाडेर कसैको जीविका चल्छ भने म खुसी छु । थुप्रै तत्त्वहरू यसरी लागेका छन्, थुप्रो भनेको केही दर्जन हो । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू बदनामीमा लागेका छन्,’ अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने,‘कहिलेकाहीँ भ्यागुतोले इनारको प्वालबाट माथि हेर्दा जति देखिन्छ, त्यसैलाई आकाश ठानेको हुन्छ । तर इनार को तल बसेको भ्यागुतोले त्यसको मुखबाट देख्ने जति आकाश मात्रै आकाश हुन्छ । उसले तल हेर्दा देखेको पानी मात्रै धर्तीमा पानी छ भनेर ठान्नु गलत हुन्छ ।’
माधव नेपालतर्फ सङ्केत गर्दै ओलीले भने, ‘केपी ओलीका सुन्ड मुण्डहरूले घर अगाडि आएर पख्लास् भने रे । यस्ता कुरा नगरे हुन्छ । केपी ओलीको साथमा रहेको कुनै झुन्ड होइन, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेको साथमा छ । देशको सबैभन्दा ठूलो जनसङ्ख्या केपी ओलीको साथमा छ ।’
माधव नेपालमाथि थप व्यङ्ग्य गर्दै उनले भने,‘ एक जनाले केपी ओलीलाई सुधार्न सकिनँ भनेर कविता लेख्नुभएछ । दया लाग्यो, माया लाग्यो । कपाल फुलेर हुँदो रहेनछ , दाह्री जुँगा फुलेर हुँदो रहेनछ, विवेकको परिपक्वता भएन भने, अरूका लैलैमा कुदाे भने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
