वीरेन्द्रनगरबाट लागु औषधसहित २ जना पक्राउ
सोमबार, ११ साउन २०७८, १६ : ५१
सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो वीरेन्द्रनगर नगरपालिका ५ गणेश चोकबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका नं. ५ गणेश चोक बस्ने बर्ष २५ को सन्दिप विक र वर्ष ३० का खडानन्द पौडेल रहेका छन् ।
उनीहरुलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारेर चँकजाँच गर्दा सन्दिप विकले बाँया हातको मुठ्ठीमा लागुऔषध सेतो कागजले बेरी लुकाई छिपाई राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए । उनीहरुको साथमा ३ पुडिया प्लास्टिकसहित ४७० मिलिग्राम लागुऔषध (ब्राउनसुगर ) रहेको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको घर्तीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण